चेल्सी बराबरी मा रोकियो

ईंग्लिश प्रिमियर लिग को पछिल्लो खेल मा चेल्सी साउथ ह्याम्पटन संग बराबरी मा रोकिएको छ । साउथ ह्याम्पटन को घरेलुु मैदान सेन्ट म्यारी स्टेडियम मा भएको खेलमा चेल्सी र साउथ ह्याम्पटन १-१ गोल को बराबरी खेलेका हुन । खेल को ३३ मिनेटमा जापानीज खेलाडी मिनामिनो ले गोल गर्दै साउथ ह्याम्प्टन लाई अग्रता दिलाएका थिए । तर खेल को दोस्रो हाफ ५४ औं मिनेटमा चेल्सी ले पेनाल्टी पायो , उक्त पेनाल्टी लाई मासोन माउन्ट ले सदुपयोग गर्दै खेल १-१ को बराबरी मा ल्याए त्यसपछी खेल मा कुनै गोल हुन सकेन र दुबै टोलि ले १/१ पोइन्ट बाढ्न भए । यो बराबरी संगै चेल्सी २५ खेल बाट ४३ पोइन्ट को साथ लिग तालिका को पाचौ स्थान मा यथाबत रहेको छ । यस्तै लिग अन्तर्गत नै भएको अर्को खेल मा उल्भ्स ले लिड्स युनाईटेड लाई १-० ले पराजित गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments