अष्ट्रेलिया द्वारा शृङ्खला कब्जा
तेस्रो तथा अन्तिम वान डे मा घरेलु टोलि इङ्ल्यान्ड लाई ३ विकेटले हराउदै पाहुना टोलि अष्ट्रेलियाले ३ खेलको सिरिज २-१ ले जितेको छ । म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिलो ब्याटिङ गरेको घरेलु टोलि इङ्ल्यान्डले ५० ओभरमा ७ विकेट गुमाउँदै ३०२ रन बनायो। पहिलो २ बलमा आफ्ना २ बिकेट गुमाएर संकटमा परेको घरेलु टोलि लाई जोनि ब्यास्ट्रोले सम्हालेका थिए । उनले ११२ रनको उत्कृष्ट पारी खेले ।

त्यस्तै सम बिलिङ्स र क्रीस वोक्सले पनि अर्ध शतक बनाए । अष्ट्रेलियाका लागि एडम जाम्पा र मिचेल स्टार्कले समान ३ विकेट लिए । ३०३ रन को लक्ष्य लिएर मैदानमा उत्रिएको पाहुना टोलि अष्ट्रेलियाले निकै खराव सुरुवात गरेको थियो २१ रन बनाउदा पहिलो विकेट गुमाएको । उसले ७५ रन बनाउदा आफ्ना महत्त्वपूर्ण ५ विकेट गुमाएको थियो। तर त्यस पछि उसका ग्लेन मेक्सवेल र एलेक्स क्यारीले छैटौं विकेटको लागी २१२ रन को विशाल साझेदारी गर्दै आफ्नो टोलि लाई अविश्वसनिय जित दिलाउन सफल भए ।

यो अष्ट्रेलियाको एकदिवसिय क्रीकेटमा छैटौं विकेटको लागि भएको सबैभन्दा ठूलो साझेदारी हो । त्यस् क्रममा म्याक्सवेलले ९० बलमा १०८ रन बनाए भने विकेट किपर ब्याट्सम्यान क्यारीले १०६ रन को महत्त्वपूर्ण पारी खेले । अष्ट्रेलियालाई जितको लागी अन्तिम ६ बलमा १० रन चाहिँएको थियो ।
उसका प्याट कमिन्स र मिचेल स्टार्क कृज मा थिए ।
बलर थिए अदिल रशिद ।

मिचेल स्टार्कले अन्तिम ओभरको पहिलो बल मै छक्का प्रहार गर्दै पाहुना टोलि लाई जितको आधार बनाइदिए । त्यस पछिको २ बल मा लगातार १/१ रन आयो ।जितको लागि अन्तिम ३ बलमा २ रन चाहिएको बेला मिचेल स्टार्कले नै चौका प्रहार गर्दै आफ्नो टोलि लाई रोमाञ्चक जित दिलाउन सफल भए । यो जित संगै पाहुना टोलि अष्ट्रेलियाले ३ खेल को एक दिवसिय सिरिज २-१ ले जितेको छ ।
