चेल्सी को रबाफिलो जित

ईंग्लिश प्रिमियर लिग मा चेल्सी ले रबाफिलो जित हात पारेको छ । गए राती सम्पन्न खेल मा चेल्सी ले कृस्टल प्यालेस लाई ४-१ गोल अन्तर ले पराजित गरेको हो । चेल्सी को जित मा क्रीस्चियन पुलिसिक ले २ तथा कुर्ट जुमा र काइ हाभर्ट्ज ले १/१ गोल गरे , प्यालेस को लागि बेन्टेके ले एक गोल फर्काए । खेल सुरु भएको १० मिनेटमा नै २-० को अग्रता बनाएको चेल्सी को लागि ८ औं मिनेटमा हाभर्ट्ज र १० औं मिनेटमा पुलिसिक ले गोल गरेका थिए । यो जित संगै चेल्सी ३१ खेल बाट ५४ पोइन्ट को साथ प्रिमियर लिग को चौथो स्थान मा उक्लिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments