आर्सनल स्तब्ध टोटेन्ह्यामको शानदार जीत

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेन्ह्यामसँग आर्सनल पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटेन्ह्यामले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेन्ह्यामलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एकएक गोल गरे ।खेलको १३औँ मिनेटमा सनले गोल गर्दै टोटेन्ह्यामलाई १-० को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै टोटेन्ह्यामलाई २-० को जित दिलाए ।

जितसँगै टोटेन्ह्याम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । टोटेन्ह्यामले ११ खेलमा २४ अंक जोडेको छ । आर्सनल १४ अंकसहित १५औँ स्थानमा रहेको छ ।

त्यस्तै गए राती नै सम्पन्न अर्को खेलमा लिभरपुलले शानदार जित हात पारेको छ । लिभरपुलले वुल्भसमाथि ४–० गोल अन्तरको फराकिलो जित निकालेको हो । लिभरपुलको मैदान एन्फिल्डमा घरेलु टोलीलाई जिताउन मोहम्मद सालाह, जर्जिनियो विज्नाडम र जोइस माटिपले समान एक–एक गोल गरे । लिभरपुलले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

त्यस्तै लेष्टर सिटीको पनि जीत भएको छ। लेष्टरले सेफिल्ड युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । सेफिल्डको मैदानमा लेष्टरलाई जित दिलाउन आयोज परेज र जेमी भार्डीले एक एक गोल गरे । सेफिल्डका ओलिभर म्याकब्रुनीले एक गोल फर्काए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments