लेस्टर सिटीको जीतमा चम्किए जेमी भार्डी

आज भएको इङ्गलिस प्रेमियर लिगको खेलमा लेस्टर सिटीले वेष्ट ब्रोमलाई ३-० को गोल अन्तरले हराएको छ। लेस्टरको लागि खेलको ५६औ मिनेटमा टिमोथी कासताग्नेले अग्रता दिलाए। यस्तै दोस्रो गोल जेमी भार्डीले पेनाल्टी मार्फत गरेका थिए । उनले ७४ औँ मिनेटमा पाएको पेनल्टीलाई सदुपयोग गर्दै लेस्टरलाई २-० को अग्रता दिलाएका थिए । लेस्टरका लागि तेस्रो गोल पनि भर्डीले खेलको ८४ औँ मिनेटमा पेनाल्टीमै गरेका थिए । यो सिजन बढुवा भएको वेष्ट ब्रोमको खेल फितलो रहयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments