लिभरपुल द्वारा टोटेनह्याम पराजित

इङलिस प्रीमियर लिग अन्तर्गत गएराती सम्पन्न खेल मा टोटेनह्याम लाई हराउदै लिभरपुल लिग तालिका को शिर्ष स्थानमा उक्लिएको छ।

लिभरपुल को घरेलु मैदान एनफिल्ड मा भएको खेलमा लिभरपुल लाई जिताउन मोहम्मद सलाह र फिर्मिन्हो ले १/१ गोल गरे ।खेल को २६ औं मिनेटमा सलाह को गोल मार्फत लिभरपुल ले अग्रता लियो तर खेल को ३३ मिनेटमा टोटेनह्याम का सन ले गोल गर्दै खेल १-१ को बराबरी मा ल्याउन सफल भए ।

तर दोश्रो हाफ को इन्जुरी समयमा ब्राजिलियन खेलाडी फिर्मिन्हो ले गोल गर्दै घरेलु टोलि लाई २-१ को रोमान्चक जित को साथ साथै महत्त्वपूर्ण ३ अङ्क दिलाउन सफल भए ।७६ प्रतिशत बल पोजिसन आफ्नो पक्ष मा राखेको लिभरपुल ले खेल अबधी भर गरेका अरु थुप्रै प्रहारहरु असफल भएका थिए ।

यस खेल पछि लिभरपुल १३ खेल बाट २८ अङ्क को साथ मा प्रीमियर लिग को शिर्ष स्थान मा उक्लन सफल भएको छ भने यो हारपछि टोटेनह्याम लिग तालिका को दोश्रो स्थान झरेको छ उसको समान १३ खेल बाट २५ अङ्क रहेको छ ।

प्रीमियर लिग अन्तर्गत नै हिजो सम्पन्न अन्य खेलमा लिड्स युनाईटेड ले न्युक्यासल युनाईटेड लाई ५-२ ले हराउदा एभर्टन ले लेस्टर सिटि लाई २-१ ले स्तब्ध पार्यो भने आर्सनल र साउथ ह्याम्प्टन तथा वेस्ट ह्याम र कृस्टल प्यालेस ले समान १-१ गोल को बराबरी खेले।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments