च्याम्पियन्स लिगमा म्यान्चेस्टर युनाईटेड को जित

युरोपेली च्याम्पियन्स लिगमा इङलिस क्लब म्यान्चेस्टर युनाईटेडले बिजयी सुरुवात गरेको छ । म्यान्चेस्टर युनाईटेडले फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन लाई २-१ गोल अन्तर ले स्तब्ध पार्यो ।

पि एस जि को घरेलु मैदान मा भएको खेल मा म्यान्चेस्टर युनाईटेड लाई जिताउन ब्रुनो फर्नान्डेज २३ र मार्कोस रास्फोर्ड ले ८७ मिनेटमा गोल गरे भने पि एस जि ले गरेको गोल उपहार स्वरूप पाएको थियो। त्यस्तै स्पेनिस फरवार्ड अल्भारो मोराटा चम्किँदा इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन मा सुखद् सुरुआत गरेको छ ।

मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा युभेन्टसले युक्रेनको क्लब डाइनामो किभलाई उसकै घरेलु मैदानमा ०–२ ले निराश बनायो ।

आफ्ना प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो बिनै मैदान उत्रिएको युभेन्टसलाई नयाँ सिजनको पहिलो खेलमा सहज जित दिलाउने क्रममा मोराटाले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे । उनले दुवै गोल दोस्रो हाफमा गरेका हुन् । उनले दोस्रोपटक युभेन्टसका लागि खेल्नेक्रममा यसपटकको च्याम्पियन्स लिग डेब्युमै २ गोल गर्न सफल भए ।

हिजो नै राती भएका अन्य खेलमा स्पेनिस क्लब बार्सिलोना ,इटालियन क्लब लाजियो र जर्मन क्लब आर बि लेप्जिगले पनि बिजयी सुरुवात गरेका छ्न । त्यस्तै अर्को इङलिस क्लब चेल्सी भने स्पेनिस क्लब सेभील्लासँग गोल रहित बराबरी खेलेको छ । च्याम्पियन्स लिग अन्तर्गत आज पनि विभिन्न ७ खेल हुने छ्न।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments