क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह एरीलाई कोराना संक्रमण

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लको कोभिड-१९ रिपोर्ट पोजेटिभ आएको छ। राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु हुनु अघि मंगलबार मल्ल सहित १६ जना राष्ट्रिय क्रिकेटरहरु , सपोर्ट स्टाफ तथा ग्राउण्ड स्टाफहरुको कोभिड-१९ परिक्षण गरिएको थियो।

कप्तान मल्ल आफैले फेसबुक मार्फत आफ्नो कोभीड-१९ रिपोर्ट पोजेटिभ आएको जानकारी गराएका छन्।

“सम्पूर्ण स्वास्थ्य सावधानि अपनाउनुको बाबजुद मेरो कोभिड-१९ रिपोर्ट पोजेटिभ आएको छ। मेरो सम्पर्कमा आउनु भएका सम्पूर्ण व्यक्तिहरुलाई स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्न चाहन्छु।” मल्लले लेखेका छन्।

मल्लका अनुसार उनलाई कुनै पनि स्वास्थ्य समस्या भने देखिएको छैन –“म पूर्णत फिट छु र अहिलेसम्म कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन। तै पनि अब निको हुनको लागि म आगामी केहि दिन क्वारेन्टाइनमा बिताउने छु।” मल्लले सबैलाई कोभीड-१९ लाई लिएर सावधानी अपनाउन समेत आग्रह गरेका छन्।”

तेस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह एरीलाई पनि कोराना संक्रमण पुष्टि भएको छ। दीपेन्द्रले आफुलाई कोराना पुष्टि भएको सामाजिक सन्जाल मार्फत जानकारी गराएका छन। दीपेन्द्रलाई पनि कुनै लक्षण नभएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन्।

तेस्तै युवा ब्याट्सम्यान रोहित कुमार पौडेल छ्न । उनीहरुको हिजो किर्तिपुर स्थित मैदानमा लिएको स्वाब परिक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको हो अब उनिहरु १४ दिन क्वारेन्टाइन बस्नु पर्ने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments