नेपाल इराकविरुद्ध ६-२ गोल अन्तरले पराजित

 नेपाल इराकविरुद्धको मैत्रीपूर्ण खेलमा ६-२ गोल अन्तरले पराजित भएको छ ।  इराकका लागि कप्तान अला अब्दुल जहरले खेलको सातौ मिनेटमा शुरुवाती गोल गरेका थिए भने त्यसको एक मिनेटपछि नै नेपालका अन्जन विष्टको प्रहारलाई क्लियर गर्ने क्रममा इराकका डिफेन्डरले आफ्नै पोष्टमा गोल हान्दा नेपालले बराबरी गोल गरेको थियो ।

त्यसपछि खेलको २९औ मिनेटमा नेपालका डेभ्यु खेल खेलिरहेका मनिष डाँगीले गोल गर्दै खेलमा नेपाललाई २-१ को अग्रता दिलाएका थिए । तर नेपालले त्यसपछि पहिलो थप तीन गोल खाएपछि पहिलो हाफको खेल सकिदा नेपाल ४-२ गोलले पछाडी परेको थियो ।

त्यस्तै दोस्रो हाफमा भने खेलमा इराक हावी भएको थियो । नेपालले पहिलो हाफमा जस्तो खेल खेल्न सकेको थिएन । इराकले दोस्रो हाफमा थप २ गोल गरेपछि खेल ६-२ ले जितेको हो ।

फिफा वरियतामा नेपाल भन्दा १०३ स्थानमाथि रहेको इराकसँग योसँगै सबै चार खेलमा नेपाल पराजित भएको छ ।

अहिलेसम्म खेलेका ५ खेलमा १ जित र ४ हारसहित नेपालले ३ अंक मात्र जोडेको छ । समुहमा अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान छ भने कुवेत र जोर्डनको १०-१० अंक रहेको छ । त्यस्तै समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । नेपालले चौथो स्थानमा रहन सके मात्र पनि एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर पाउने छ ।    

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments