म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी बिजयी

ईंग्लिश प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेस्टर शहर का २ क्लब सिटी र युनाईटेड बिजयी भएका छ्न
म्यान्चेस्टर सिटी ले आर्सनल लाई १-० ले हराउदा म्यान्चेस्टर युनाईटेड ले न्युक्यासल युनाईटेड लाई ३-१ ले स्तब्ध पार्यो । लिग मा खराब प्रदर्शन बाट गुज्रिरहेको आर्सनल सिटी को हात बाट १ -० ले पराजित भएको हो । आर्सनल को घरेलुु मैदान इमिरेट्स मा भएको खेलमा सिटी लाई जिताउन रहिम स्ट्रलिङ ले २ मिनेटमा गरेको एकमात्र गोल निर्णायक भयो । यो जित संगै सिटी २५ खेल बाट ५९ पोइन्ट को साथ लिग तालिकाको शिर्ष स्थान मा मजबुत तरिकाले रहेको छ । भने समान खेल बाट म्यान्चेस्टर युनाईटेड ४९ पोइन्ट को साथ दोश्रो स्थान मा रहेको छ । यस्तै लिग अन्तर्गत नै भएको अर्को खेलमा ले लेस्टर सिटी र वेस्ट ह्याम ले आ आफ्नो खेलमा जित हात पारे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments