म्यान्चेस्टर युनाईटेड र आर्सनल बिजयी

ईंग्लिश प्रिमियर लिग को पछिल्लो खेलमा म्यान्चेस्टर युनाईटेड र आर्सनल बिजयी भएका छ्न । म्यान्चेस्टर युनाईटेड ले टोटेनह्याम लाई ३-१ ले हरायो। पहिलो हाफ मा १-० ले पछि परेको स्थिती लाई उल्टाउदै युनाईटेड ले उत्कृष्ट पुनरागमन गर्यो । युनाईटेड को जितमा फ्रेड , काभानी र मासोन ग्रीनवुड ले १/१ गोल गरे, टोटेनह्याम को लागि सन ले पहिलो हाफ मा एक गोल गरेका थिए । यो जित संगै युनाईटेड ३१ खेल बाट ६३ पोइन्ट को साथ लिग तालिका को दोश्रो स्थान मा यथाबत रहेको छ । त्यस्तै गएराती भएको अर्को खेलमा आर्सनल ले सेफिल्ड युनाईटेड लाई ३-० ले हराएको छ । आर्सनल को जितमा लाकाजेट ले २ तथा मार्टिनअली ले १ गोल गरे । यो जित संगै आर्सनल ३१ खेल बाट ४५ पोइन्ट को साथ लिग तालिका को नबौ स्थान मा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments