बलियो बार्यन म्युनिख होफेनहाइमसँग पराजित

जर्मन बुन्डेसलिगामा बलियो प्रतिद्वन्दी बार्यन म्युनिख होफेनहाइमसँग ४-१ गोल को भारी अन्तरले पराजित भएको छ। खेलमा होफेनहाइमले १६ मिनेट मै अग्रता लियो।

होफेनहाइमका लागि एर्मिन बिकाकसिकले खेलको १६ मिनेटमा अग्रता दिलाएका थिए। खेलको २४ औ मिनेटमा होफेनहाइमले अग्रता दोब्बर बनायो। थोमस मुलरको पासमा जोशुवा किमिचले गोल गर्दै खेलको ३६औ मिनेटमा बार्यन म्युनिखले १ गोल फर्काउन सफल भयो। खेलको दोस्रो हाल्फमा बार्यन म्युनिखले गोल फर्काउन सकेन।

खेलको ७७औं मिनेटमा आन्द्रे क्रामरीचले गोल गर्दै होफेनहाइमलाई ३-१को अग्रता दिलाए। खेलको ९०+२ मिनटमा आन्द्रे क्रामरीचले नै पेनाल्टी मार्फत गोल होफेनहाइमले ४-१ को जीत निकाले। बलियो बार्यन म्युनिखले लज्जास्पद हार बेहोर्न पर्‍यो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments