यू- १९ बिश्वकप मा नेपाल र न्युजिल्यान्ड तेस्रोपटक भिड्दै , नेपाल अपराजित

आइसिसी यू-१९ विश्वकपको १५औं संस्करण शुक्रबार देखि दक्षिण अफ्रिका सुरू भैसकेको छ । ८ वर्षपछि यू- १९ विश्वकपमा फर्किएको नेपालले आठौंपटक प्रतिस्पर्धा गर्दैछ। यसपटक नेपालले समूह चरणमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्डसँग खेल्दैछ। नेपालका तीन वटै प्रतिद्वन्द्वीले यसपटक उपाधि जित्ने लक्ष्य लिएका छन्।

नेपालले आफ्नो पहिलो खेल आज आइतबार न्युजिल्यान्डसँग खेल्दैछ। यू-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो। यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो। नेपाल र न्युजिल्यान्डबीच सन् २००६ को विश्वकपमा पहिलो पटक भेट भएको थियो।

श्रीलंकमा भएको सो विश्वकपमा नेपाल र न्युजिल्यान्डको युवा टिमले प्लेट च्याम्पियनको फाइनलमा प्रतिस्पर्धा गरेका थिए। बिश्वकप को समूह चरण बाटै बाहिरिने टिमबीच हुने प्रतियोगिता को फाइनलमा नेपालले टेस्ट राष्ट्र माथि जित निकालेर इतिहास रचेको थियो ।

कोलम्बोमा भएको उक्त खेलमा नेपालले १ विकेटको रोमाञ्चक जित हात पार्दै प्लेट च्याम्पियनसिप को उपाधी जितेको थियो। कोलम्बोमा भएको खेलमा नेपालले १ विकेटको रोमाञ्चक जित निकालेको थियो । न्युजिल्यान्डले दिएको २०५ रनको लक्ष्य नेपालले अन्तिम २ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गरेको थियो।

नेपाल को तर्फबाट बसन्त रेग्मी सर्बाधिक ६६ रन बनाएका थिए । त्यस्तै नेपाल को तर्फबाट रतन रौनियार ले नटआउट २६ रन , प्रेम चौधरीले २५ रन जोड्दा कप्तान कनिष्क चौगाइले १७, विकेटकिपर महेश क्षेत्रीले १६ र शरद भेषावकरले १८ रन बनाएका थिए ।

त्यतिबेला न्युजिल्यान्ड को युबा टिम मा रहेका कप्तान मार्टिन गुप्टिल , कोलिन मुनरो , टिम साउथी ले न्युजिल्यान्ड को सिनियर टिम बाट पनि निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छ्न ।

त्यसको १० वर्षपछि नेपाल र न्युजिल्यान्डको युवा टिमबीच सन् २०१६ मा बंगलादेशमा आयोजना भएको यू-१९ विश्वकपको समूह चरणमा प्रतिस्पर्धा भयो। सो खेलमा फेरि नेपाली युवा टिमले न्युजिल्यान्डलाई ३२ रनले पराजित गर्न सफल भयो।

पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २३८ रन जोडेको थियो। नेपालका लागि ओपनरद्वय सन्दीप सुनारले ३९ रन र सुनील धमलाले १५ रन जोडेका थिए। योगेन्द्रसिंह कार्की ६ रनमा आउट भएपनि कप्तान राजु रिजालले ४८ रनको योगदान दिएका थिए।

यस्तै आरिफ शेख ले ३९ रन, राजविर सिंहले २४ रन, दीपेन्द्रसिंह ऐरीले १६ रन बनाएका थिए। सातौ नम्बर मा ब्याटिङ गरेका कुशल भुर्तेलले नटआउट ३५ रन जोड्ने क्रममा २३ बलमा ५ चौका प्रहार गरेका थिए ।

२३९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४७.१ ओभरमा २०६ रनमै अलआउट भएको थियो। न्युजिल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान ग्लेन फिलिप्सले ५२ रन र डेल फिलिप्सले ४१ रन जोडेका थिए। ओपनर रचिन रविन्द्र सहित न्युजिल्यान्डका तीन ब्याटरलाई नेपालले रनटआउटको सिकार बनाएको थियो। रविन्द्रलाई ४ रनमा सन्दीप लामिछानेले रनआउट गर्दा कुशल भुर्तेलले क्रिस्टियन लियोपार्डलाई १ रन तथा दीपेन्द्रसिंह ऐरीले डेल फिलिप्सलाई ४१ रनमा रनआउट गरेका थिए।

बलिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिन सफल भएका थिए। यस्तै प्रेम तामाङले २ विकेट लिँदा सुनील धमला र सन्दीप लामिछानेले १-१ विकेट लिएका थिए । त्यो बेला न्युजिल्यान्ड को युबा टिम मा रहेका रचिन रबिन्द्र , ग्लेन फिलिप्स अहिले सिनियर टिम मा उत्कृष्ट खेल्दै आएका छ्न ।

पछिल्लो प्रतियोगिता मा भाग लिएको आठ वर्षपछि नेपालले न्युजिल्यान्डसँग फेरी प्रतिस्पर्धा गर्दैछ। आइतबार दक्षिण अफ्रिकामा हुने खेलमा नेपालका लागि इतिहास दोहोर्‍याउन सजिलो भने सजिलो हुने छैन ।
न्युजिल्यान्ड यू-१९ इतिहासमा उपाधिको खडेरी तोड्ने लक्ष्यमा छ। सन् १९९८ को विश्वकपमा फाइनलमा पुगेको न्युजिल्यान्ड २०२० मा सेमिफाइनलमा पुगेको थियो।

यसपटक न्युजिल्यान्ड छनोट खेलेर विश्वकपका छानिएको हो। किनभने न्युजिल्यान्डले अघिल्लो संस्करणको विश्वकपमा कोभिड-१९ का कारण नाम फिर्ता लिएको थियो। जसका कारण उसले एशिया-प्यासिफिक क्वालिफायर मार्फत् सन् २०२४ को विश्वकपमा स्थान बनाएको हो । छनोटमा न्युजिल्यान्डले सबै ६ खेल जितेको थियो। नेपाल विरुद्ध को खेल अघि पत्रकार हरु संग कुरा गर्दै न्युजिल्यान्डका कप्तान ओस्कार ज्याक्सनले आफूहरु उपाधि जित्न सक्षम रहेको बताएका छ्न ।

नेपाल टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द।

न्युजिल्यान्ड टिम
ओस्कर ज्याक्सन (कप्तान), मासन क्लार्क, साम क्लोड, ज्याक कमिङ, रहमान हेक्मत, टम जोन्स, जेम्स नेल्सन, स्नेहिथ रेड्डी, म्याट रो, इवाल्ड श्रुडर, लाचलान स्ट्याकपोल, ओलिभर टेवाटिया, एलेक्स थम्पसन, रायन सोर्गास, ल्यूक वाटसन।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments