अस्ट्रेलिया विरुद्ध को दोश्रो टेस्टको तेश्रो दिनको समाप्तिमा भारत बलियो अवस्थामा

अस्ट्रेलिया विरुद्ध को दोश्रो टेस्टको तेश्रो दिनको समाप्तिमा भारत बलियो अवस्थामा पुगेको छ।अष्ट्रेलिया विरुद्ध को दोश्रो टेस्ट मा भारत जित तर्फ उन्मुख टेस्टको पहिलो इनिंगमा अस्ट्रेलियाले १९५ रन बनाएपछि भारतले दोश्रो इनिंगमा ३२६ रन बनाउदै पहिलो इनिंगमा १३१ रनको अग्रता हाँसिल गरेको थियो।

सोमबार तेस्रो दिन दोश्रो इनिंग सुरु गरेको अस्ट्रेलियाले दिनको समाप्तिमा ६ विकेट गुमाएर मात्र १३३ रन बनाएको छ। यो अबस्थामा अस्ट्रेलियाले मात्र २ रनको अग्रता बनाएको छ साथमा ४ विकेट मात्र बाँकी रहेको छ।

यो अबस्थामा भारत जित तर्फ उन्मुख भएको हो अस्ट्रेलियाका ओपनर म्याथु वेड ४०, मार्नस लाबुसेन २८, ट्रेभीस हेड १७, स्टिभ स्मिथ ८, जोए बर्न्स ४ तथा टिम पेन १ रन बनाएर आउट भए। दिनको समाप्तमा क्रिजमा क्यामरन ग्रिन १७ तथा प्याट कमिन्स १५ रन बनाएर अविजित रहेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments