आर्सनल को बिजयी सुरुवात,साविक बिजेता लिभरपुलको रोमान्चक जित


इङ्गलिस प्रेमियर लिगमा आर्सनलले सुखद सुरुवात गरेको छ। आर्सनलले यसै सिजन प्रेमियर लिगमा बढुवा भएको फुल्ह्याम लाई ३-० ले हरायो । आर्सनलको जितमा यसै सिजन चेल्सी छोडेर आर्सनल आएका विलियन नायक भए । उनले आफ्नो डेब्यु खेल मै २ असिस्ट गरे । आर्सनल को लागी लाकाजेट ,अबुमियाङ र गेब्रीयलले गोल गरे । यसै सिजन प्रेमियर लिगमा बढुवा भएको फुल्ह्यामको डिफेन्स निकै फितलो देखिएको थियो ।

त्यस्तै हिजो राती सम्पन्न अर्को खेलमा क्रिस्टल पालेसले साउथह्यम्प्टनलाई १-०को गोल अन्तरले हराउन सफल भयो। क्रिस्टल पालेसको लागि एक मात्र गोल विल्फ्रेद जाहाले गरे।

हिजो राती नै सम्पन्न अर्को रोमान्चक खेलमा साविक बिजेत लिभरपुलले यसै सिजन प्रेमियर लिगमा बढुवा भएको लीड्सलाई ४-३को गोल अन्तरले हराउन सफल भयो। लिभरपुलको जितमा मोहम्मद सलाह चम्किये। मोहम्मद सलाहले ह्याट्रिक गर्दै लिभरपुललाई जित दिलाए। गए राती नै सम्पन्न अर्को खेलमा न्यू कासल युनाईटेडले वेष्टहाम युनाईटेडलाई २-०को गोल अन्तरले हराएको छ। कोरोना महामारीको कारणले गर्दा एक बर्ष लगाएर सकिएको २०१९/२० को सिजन सकिएको ४८ दिन मै २०२०/२१ को नया सिजन शुरु भएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments