पचास ओभरको खेल मा ३० ओभरमै अल आउट हुनु राम्रो संकेत होइन – ज्ञानेन्द्र मल्ल

नेपाली क्रीकेट टिम का कप्तान ज्ञानेन्द्र मल्ल ले ५० ओभरको खेल मा कुनै पनि टिम ३० ओभरमा अल आउट हुनु राम्रो संकेत नभएको बताएका छ्न ।आज नेपाल पुलिस संग को खेल पछि पत्रकारसँग प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन ।

आफ्नो अपोनेन्ट टिम को ब्याटिङ तर्फ इङित गर्दै पत्रकार ले सोधेको प्रश्न मा उनले भने ” पक्कै पनि यो राम्रो कुरा मान्न सकिदैन , किन भन्दा एकदिबसिय खेल मा ब्याट्सम्यान हरु ले क्यारेक्टर देखाउन सक्नुपर्छ । कुनै कुनै खेलाडी लाई आज स्ट्रोङ क्यारेक्टर देखाउने राम्रो मौका थियो तर उनीहरुको आज को ब्याटिङ हेर्दा त्यो खासै देखाउन सकेनन ।

यो स्तर मा खेल्ने खेलाडी ले अहिले देखि नै सोच्नुपर्छ कि भोलि गएर रास्ट्रीय टिम मा खेल्ने मात्र होइन खेल देश को लागि खेलेर खेल जिताउने सम्म को माइन्ड सेट बनाउनु पर्छ भन्ने मेरो बिचार हो “

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments