बिश्व क्रिकेट लिग डिभिजन दुई मा नेपाल को रबाफिलो जित
आइसीसी बिश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत नेपाल ले लगातार तेस्रो जित हात पारेको छ । हिन्दु हरुको महान पर्व महाशिब रात्री को दिनमा १० हजार भन्दा बढी घरेलु दर्शक ले भरिभराउ टि यु क्रिकेट ग्राउन्ड किर्तिपुर मा नेपाल ले नामिबिया लाई रोमाञ्चक रुपमा ३ विकेट ले पराजित गरेको हो । पाहुना टोलि नामिबिया ले दिएको २७५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपाल ले ४७. २ ओभरमा ७ विकेट गुमाउदै उक्त लक्ष्य पूरा गर्यो ।

नेपाल को जितमा कुशल मल्ल ले ६२ रन र कप्तान रोहित पौडेल ले ३९ रनको योगदान दिए । प्रतियोगितामा लगातार दोश्रो अर्धशतक हान्ने क्रममा कुशल ले ४ छक्का र ८ चौका हाने । अन्तिम १० रन लिन बाकी भएको अबस्थामा नेपाल ले नाटकिय रुपमा लगातार ४ विकेट गुमाएपछि खेल रोमाञ्चक अबस्थामा पुगेको थियो । त्यसअघि नेपाल का लागि विकेट किपर ब्याट्सम्यान आसिफ शेख ले सर्बाधिक ८१ रन बनाएका थिए , उनी आजको खेलको म्यान अफ दि म्याच भए ।

त्यस्तै पुर्ब कप्तान ज्ञानेन्द्र मल्ल ले ६५ रनको योगदान दिए । नेपाल को सुरुवात खासै राम्रो हुन सकेन। नामिबिया विरुद्ध अघिल्लो खेलमा शतक बनाएका कुशल भुर्तेल आज मात्र १ रन बनाएर आउट भए । त्यसपछि ब्याटिङ मा आएका पुर्ब कप्तान ज्ञानेन्द्र मल्ल र अर्का ओपनर आशिफ शेख ले १३९ रनको ठुलो साझेदारी गरेपछी नेपाल को स्थिति सुधार भएको थियो । त्यसपछि ज्ञानेन्द्र ६५ रन मा आउट हुन पुगे । ७४ बलमा ६५ रन बनाउने क्रममा ज्ञानेन्द्र मल्ल ले ३ छक्का र ५ चौका प्रहार गरेका थिए , नेपाल को लागि अर्का ओपनर आशिफ शेख ले सर्बाधिक ८१ रन हान्ने क्रममा २ छक्का र ८ चौका प्रहार गरे ।

यसअघी बिहान किर्तिपुर स्थित टि यु क्रीकेट ग्राउन्ड मा नेपाल ले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ मा उत्रिएको नामिबिया ले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रनको सम्मानजनक योगफल तयार पारेको थियो । नामिबिया को लागि विकेट किपर ब्याट्सम्यान जेन ग्रीन ले सर्बाधिक ७५ रन बनाएका थिए , त्यस्तै पिकि या फ्रान्स ले ४९ रन बनाउदा ओपनर योहान लौरेन्स ले ४१ रन बनाएका थिए । त्यसबाहेक नामिबिया को अन्य ब्याट्सम्यान ले खासै गतिलो प्रदर्शन गर्न सकेनन ।

कुनै समयमा ३८.५ ओभरमा १३७ रन बनाउदा ५ महत्त्वपूर्ण विकेट गुमाएर संकट मा परेको नामिबिया लाई जेन ग्रीन र पिकि या फ्रान्स ले ९५ रनको साझेदारी गर्दै आफ्नो टिम लाई खेलमा फर्काएका थिए । बलिङ तर्फ नेपाल का सन्दिप लामिछाने ले ३ विकेट लिदा करन केसी ले १ विकेट लिए । त्यस्तै नामिबिया का २ जना ब्याट्सम्यान रन आउट हुन पुगेका थिए ।

जारी सिरिज अन्तर्गत अब नेपाल र नामिबिया ले अर्को टोलि स्कटल्याण्ड संग १/१ खेल खेल्न बाकी छ । त्यसपछि लगत्तै नेपाल युएई , पपुवा न्युगिनी सम्मीलित अर्को त्रिकोणिय सिरिज खेल्न संयुक्त अरब इमिरेट्स जाने छ । यो जित संगै नेपाल २७ खेल खेलेर २४ अन्क को साथ मा लिग तालिका को छैठौ स्थानमा यथाबत रहेको छ ।

