स्पेनिस ला लिगामा रियल मड्रिडको शानदार जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले शानदार जित हात पारेको छ ।घरेलु मैदानमा शनिबार राति एसडी हुयस्कालाई ४-१ गोल अन्तरले हराउँदै गर्दै रियल शीर्ष स्थानमा उक्लिएको छ।

रियलका लागि इडेन हाजार्डले ४० औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। यो गोल इडेन हाजार्ड को एक वर्ष पछीको गोल हो। पहिलो हाफ सकिन लाग्दा बेन्जेमाले रियलको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा बेन्जेमाको पासमा फिडेरिको भालभर्डेले तेस्रो गोल थपे ।

हुयस्काका डेभिड फेरिरियोले एक गोल फर्काए पनि अन्तिम मिनेटमा बेन्जेमाले अर्को गोल थप्दै घरेलु टोलीको जीत सुनिश्चित गरे । जितसँगै शीर्ष स्थानमा उक्लिएको रियलले ७ खेलमा १६ अंक जोडेको छ । हुयस्का ८ खेलमा ५ अंक जोडेर तालिकाको १८औं स्थानमा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments