न्युक्यासल विरुद्ध म्यान्चेस्टर युनाइटेडको शानदार जित
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले शानदार जित हात पारेको छ । अघिल्लो खेलमा टोटेनहमसंग ६–१ ले पराजित बनेपछि खेलमा फर्कन युनाइटेडलाई ठुलो जित आवश्यक थियो र त्यो आवश्यकलाई पुरा गर्दै युनाइटेडले न्युक्यासल युनाइटेडमाथि ४–१ को जित दर्ता गरेको हो ।

लुक शाको आत्मघाति गोलसंगै न्युक्यासलले खेलमा अग्रता बनाएको थियो ।युनाइटेडका कप्तान ह्यारी मगवायरले गोल गर्दै २३औं मिनेटमा खेल बराबरीमा ल्याए । खेलको अन्तिम समयमा मार्कुस रासफोर्डले उत्कृष्ट प्रदर्शन गरेपछि युनाइटेडले फराकिलो जित निकाल्यो ।

रासफोर्डले एक गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरेका थिए । खेल सकिन ४ मिनेट बाँकी छदाँ ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा वान विसाकाले रासफोर्डकै पासमा युनाइटेडलाई ३–१ ले अघि बढाए ।

इन्जुरी समयमा रासफोर्डलेनै गोल गर्दै युनाइटेडलाई ४–१ को शानदार जित दिलाए । युनाइटेड लिगको सुरुवाती ४ खेलमा ६ अंक जोडेर १४औं स्थानमा छ । न्युक्यासल ५ खेलबाट ७ अंकसहित ११औं स्थानमा छ।
