लुम्बिनी प्रदेश र बाग्मती प्रदेश को खेल टाइ

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी र बाग्मती बिच को खेल टाइ भएको छ । मुलपानी क्रिकेट मैदानमा बाग्मती प्रदेश ले दिएको २२० रनको लक्ष्य लिएर ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा सबै विकेट गुमाउदै २२० रन नै बनाए पछि खेल बराबरी मा सकियो । यो बराबरी नतिजा संगै लुम्बिनी प्रदेश ले सेमिफाइनलमा जाने सुनौलो मौका गुमाएको छ। आज को खेल लुम्बिनी प्रदेश ले जितेको भए बाग्मती र लुम्बिनी प्रदेश दुबै सेमिफाइनल मा प्रवेश गर्ने थिए । अन्तिम १२ बल मा १ रन आबश्यक भएको बेला लुम्बिनी का दिपेन्द्र राउत रन आउट हुन पुगे । लुम्बिनी लागि कप्तान कृष्ण कार्की र प्रकाश केसि ले समान ४१/४१ रन बनाउदा पनि टिम लाई जित दिलाउन सकेनन । बाग्मती को लागि बिपिन आचार्य ले सर्बाधिक ४ विकेट हात पारे । यस अघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बाग्मती प्रदेश ५० ओभरमा ९ विकेट गुमाउदै २२० रन मा समेटिएको थियो ।
ब्याटिङ तर्फ ४१ रन र २ विकेट लिएका लुम्बिनी का कप्तान कृष्ण कार्की म्यान अफ दि म्याच घोषित भए

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments