ट्राइ नेसन्स सिरिज का बाकी खेल दर्शक बिना खेलाइने

काठमाडौं जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजमा भोलि देखि लागू हुने गरि दर्शकलाई प्रवेश निषेध गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै सिरिजका बाँकी खेलमा दर्शकलाई निषेध गरिएको जनाएको छ ।

नेपालमा बढ्दो कोरोना भाइरस महामारीलाई मध्य नजर गर्दै नेपाल सरकारको सोमबार बसेको मन्त्री परिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी व्ययक्तिहरु भेला नहुन आदेश जारी गरेको थियो ।

बैठकले दर्शक सहितको खेलकुद गतिविधि संचालन गर्न नपाउने आदेश दिएपछि क्यानले टियु क्रिकेट मैदानमा जारी सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरेको हो ।

मंगलबार सिरिजको चौथो खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दै छन । खेल टियू क्रिकेट मैदानमा दिउँसो १:१५ बजे सुरु हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments