सानदार जितसहित चेल्सी लिग कपको अर्को चरणमा

चेल्सीले इङलिस लिग कप (इएफएल) अर्थात कारबाओ कपमा च्याम्पियनसिप क्लब ब्रान्सेलेमाथी ६-० को फराकिलो जित दर्ता गर्दै आर्को चरणमा प्रवेश गरेको छ।

घरेलु मैदान स्ट्राम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सिको जितमा काइ हाभर्टजले ह्याटि्रक गर्दा ट्यामी अब्राहम, रोस बार्कली र ओलिभर जिरुउडलेपनि समान एक गोल गरे। खेलभरी हाबी रहेको चेल्सीले १९ औ मिनेटमा ट्याम्मी अब्राहमको गोलमा अग्रता लिएको थियो।

२८ औ मिनेटमा मासन माउन्टको पासमा हाभर्टजले डेब्यु गोल गर्दै चेल्सिको अग्रता दोब्बर बनाएका थिए। दोस्रो हाफको सुरुवातमै ४९ औ मिनेटमा रोज बार्कलीले गोल गरे। ५५ औ मिनेटमा हाभर्टजले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४-० ले अगाडी बढाउदा ६५ औ मिनेटमा हाभर्टजले आफ्नो ह्याटि्रक पूरा गरे। ८३ मिनेटमा ओलिभर जिरुउडले गोल गर्दै चेल्सीलाई ६-० को जित दिलाए।

तेस्तै अन्य खेलमा आर्सनलले प्रेमियर लिग प्रतिद्वन्दी कलब लेस्टर सिटीलाई २-०को गोल अन्तरले पराजित गरेको छ। एभर्टनले फ्लीटवुडलाई ५-२ को गोल अन्तरले पराजित गरेको छ भने न्यूक्यासल युनाईटेडले मोरकाम्बेलाई ७-०को गोल अन्तरले पराजित गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments