चेल्सी जस्तो क्लब को म्यानेजर हुन पाउनु गर्व को कुरा हो – थोमस टुचेल
इङलिस क्लब चेल्सी का नबनियुक्त मुख्य प्रशिक्षक थोमस टुचेल ले चेल्सी जस्तो ठूलो क्लब को मुख्य प्रशिक्षक हुन पाउनु आफ्नो लागि गर्ब को कुरा भएको बताएका छ्न । चेल्सी को मुख्य प्रशिक्षक नियुक्त भएको २ दिन पछि पहिलो पटक प्रेस कन्फेरेन्स मा बोल्दै उनले यस्तो कुरा बताएका हुन । केही बेर अघि सम्पन्न प्रेस कन्फेरेन्स मा उनले भने “इङलिस प्रीमियर लिग सन्सार कै सबैभन्दा उत्कृष्ट लिग हो । यहाँ कोचिङ गर्ने सबै प्रशिक्षक को सपना हुन्छ । आफू पनि यसको हिस्सा हुन पाउँदा निकै खुसी लागेको छ ” चेल्सी बिश्व कै ठुलो क्लब मध्य एक हो त्यसैले आफूले चेल्सी को मुख्य प्रशिक्षक को जिम्मेवारी पाउँदा निकै उत्साहित भएको पनि बताए ।
चेल्सी जस्तो हरेक बर्ष ट्रफि को लागि खेल्ने क्लब को प्रशिक्षक बन्न पाउँदा निकै खुसी लागेको भन्दै उनले थपे ” यस्तो सुनौलो मौका गुमाउने कुरै भएन ” । प्रेस कन्फ्रेन्स कै क्रम मा उनले केही दिन अघि मात्र चेल्सी को बर्खास्ती मा परेका प्रशिक्षक फ्रान्क लाम्पार्ड ले आफुलाइ सुभकामना सहित को म्यासेज पठाएको समेत जानकारी दिए ।