नेपाल को लगातार दोश्रो जित मलेसिया ९ विकेट ले पराजित
ट्राइ नेसन्स टी ट्वान्टी सिरिज अन्तर्गत दोश्रो खेल मा नेपाल ले मलेसिया लाई ९ विकेट ले हराएको छ । टि यु क्रीकेट ग्राउन्ड मा मलेसिया ले दिएको ११० रनको लक्ष्य सहित जबाफी ब्याटिङ गरेको नेपाल ले ११ ओभरमा १ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्यो । नेपाल को लागि कुशल भुर्तेल ले ६१ रनको उत्कृष्ट पारी खेले त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ले नट आउट ६ रन बनाए । त्यस्तै अर्का ओपनर आशिफ शेख ले ४२ रन बनाए । यस अघि बिहान टस जितेर नेपाल ले पहिलो फिल्डिङ गर्ने निर्णय गरेपछि पहिलो ब्याटिङ गरेको मलेसिया टिम ले १६.५ ओभरमा सबै विकेट गुमाउदै ११० रन बनाएको थियो । मलेसिया को लागि साइद अजिज ले सर्बाधिक २७ रन बनाएका थिए । बलिङ तर्फ नेपाल का करन केसी ले ३ तथा सन्दीप लामिछाने ले २ तथा सोमपाल कामी र साहाब आलम ले १/१ विकेट हात पारेका थिए । खेलमा ६२ रनको बिस्पोटक ब्याटिङ गरेका कुशल भुर्तेल म्यान अफ दी म्याच भए । भोलि हुने नेपाल को तेस्रो खेलमा नेपाल र नेदरल्यान्ड बिच हुने छ ।