चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन

निर्देशक छेतन गुरुङको असामयिक निधन भएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र प्रेमगीत ३ का निर्देशक समेत रहेका गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्जस्थित मेट्रो अस्पतालमा उपचारको क्रममा गुरुङको निधन भएको हो ।

गुरङलाई लिभरमा समस्या भएपछी २ दिनअघि हस्पिटल भर्ना गरिएको थियो । उपचारको क्रममा नै उनको निधन भएको हो।नोभेम्बररेन, क्लासिक, ए मेरो हजुर ३ जस्ता सफल चलचित्र लेखका छेतनले‘डम्बरुको डन्डिबियो’बाट निर्देशनमा हात हालेका थिए ।

उनले लेखन तथा निर्देशन गरेको चलचित्र ‘प्रेम गीत ३’कोरोनाका कारण रिलिज हुन पाएको छैन । उनी अहिले हुतुतु’नामक चलचित्रनिर्देशनको तयारीमा थिए । हार्दिक श्रद्धांजलि ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments