त्रिभुवन आर्मी द्वारा सशस्त्र प्रहरी लाई २१२ रन को लक्ष्य प्रस्तुत
प्रधानमन्त्री कप को फाइनलमा मा त्रिभुवन आर्मी क्लब ले सशस्त्र प्रहरी बल एपिएफ लाई जितको लागि २१२ रन को लक्ष्य दिएको छ । टि यु क्रिकेट ग्राउन्ड मा बिहान सशस्त्र प्रहरीले का कप्तान शरद भेषावकर ले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेपछी ब्याटिङ मा आएको आर्मी ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २११ रन बनायो । आर्मिको लागि हरि चौहान ले सर्बाधिक ५५ रन बनाए , त्यस्तै राजेश पुलामी मगर ले २८ रनको योगदान दिए । आज आर्मी ले अप्रत्याशित रुपमा स्पिन बलर सुशन भारी लाइ ओपनिङ मा पठाएको थियो तर त्यो रणनीति खासै काम लागेन । उनी १३ रन मात्र बनाएर आउट हुन पुगे । त्यसैगरी आर्मी को लागि साहाब आलम ले २१ लोकेश बम ले १५ , अनिल मन्डल र बिक्रम सोब ले समान ११ रन बनाए , भिम सार्की र कप्तान बिनोद भण्डारी ले समान ७/७ रन मात्र बनाउन सके । बलिङ तर्फ सशस्त्र का अबिनाश बोहोरा ले ४ विकेट लिए भने किशोर महतो २ कमल सिंह ऐरी भुवन कार्की र शरद भेषावकर ले समान १/१ विकेट हात पारे। अब २१२ रनको लक्ष्य लिएर सशस्त्र ले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।