रिया चक्रवर्तीलाई मुम्बईको महिला जेलमा सारियो, भोलि सुनुवाई

अभिनेत्री रिया चक्रवर्तीलाई सुशांत सिंह राजपूत केस सम्बन्धी लागूपदार्थको आरोपमा पक्राउ गरिएको एक दिन पछि आज बिहान मुम्बईको बाइकुला जेल लगिएको छ । हिजो बेलुका उनको जमानत अस्वीकार गर्ने मजिस्ट्रेटले भिडियो सुनुवाईको क्रममा उनलाई १४ दिनको लागि जेल पठाउन आदेश दिएको थियो । 

रियाले रात नारकोटिक्स नियन्त्रण ब्यूरो कार्यालयमा बिताइन। रियाको जमानतको लागि भोलि अदालतले सुनुवाइ गर्छ। बाइकुला जेल मुम्बईमा महिलाहरूको लागि एक मात्र जेल हो । रिया चक्रवर्तीलाई उनको प्रेमी सुशांत सिंह राजपूतलाई लागी लागुपदार्थको व्यवस्था गर्ने आरोप लगाइएको । रियालाई यो आरोप मा १० वर्षको जेल सजाए हुनसक्छ।

रिया चक्रवर्ती र उनका भाइ शोविक चक्रवर्तीलाई  सुशांत सिंह राजपूतका कर्मचारी श्यामुयल मिराण्डा  र दीपेश सावंतको सहयोगमा लागुपदार्थको व्यवस्था गरेको आरोप छ। तीन दिनसम्म सोधपुछ गरेपछि नारकोटिक्स नियन्त्रण ब्यूरोले रिया चक्रवर्तीलाई पक्राउ गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments