अभिनेत्री जया बच्चन र कंगनाबिच चर्काचर्की

बलिउड कलाकार तथा समाजवादी पार्टीकी सांसद जया बच्चनले मंगलबार राज्यसभामा प्रस्तुत गरेको भनाइलाई लिएर नायिका कंगना रनावत आक्रोशित भएकी छिन् । योसँगै जया र कंगनाविच चर्काचर्की सुरु भएको छ । जयाले ड्रग्सका नाममा बलिउडलाई बदनाम गर्ने षडयन्त्र भइरहेको र ड्रग्स छानबिनका नाममा विश्वमै नाम कमाएको बलिउड उद्योगलाई बदनाम गर्ने षडयन्त्र चलिरहेको बताएकी थिइन् ।

जयाले भनिन्–‘केही मानिसहरुका कारण सिंगो बलिउड नगरीको छविलाई दुषित गर्न मिल्दैन । मलाई लाज लाग्छ कि, लोकसभामै हाम्रा एक सदस्य जो चलचित्र उद्योगसँग जोडिएका छन्, उनले यसको विरुद्धमा बोलेका छन् । यो लाजको बिषय हो । जुन थालमा खायो सोही थालमा थुक्न मिल्दैन ।’

जयाको यो भनाइपछि आक्रोशित कंगनाले ट्विट गर्दै लेखेकी छिन्–‘जया जी, तपाइले यो कुरा त्यतीबेला वुझ्नु हुन्थ्यो जतिबेला मेरो स्थानमा तपाइकी छोरीमाथि हातपात हुन्थ्यो, उसलाई नशा दिइन्थ्यो र युवा अवस्थामा उसको शोषण हुन्थ्यो ।के तपाई त्यतीबेला पनि यो कुरा भन्न सक्नुहुन्थ्यो कि, जतिबेला तपाइको छोरा अभिषेकमाथि निरन्तर ह्यारेसमेन्ट हुन्थ्यो र एक दिन उसलाई तपाई पंखामा झुन्डिएको पाउनुहुन्थ्यो । हामीलाई सहानुभुती दिनुहोस्।’

सोमवार अभिनेता रवि किशनले पनि संसद्मा बलिउडमा बढेको ड्रग्स प्रयोग र तस्करीको विषयमा बोलेका थिए ।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments