‘मलाई माफ गरिदेउ’को पन्जाबी भर्जन

पछील्लो समय कभर गीतको आकर्षन बध्दो क्रममा रहेको छ।   कभर गीतकै क्रममा स्वर सम्राट नारायण गोपालको आवाजमा सजिएको  लोकप्रिय गीत “मलाई माफ गरिदेउ” को कभर गीत सार्वजनिक भएको छ।

यो गीतलाई नेपाली नभई पन्जाबी गायकले गाएका छन्। लन्डनमा बस्दै आएका पन्जाबी गायक गेभी सिंहले  मलाई माफ गरिदेउ गाएका छन। उक्त गीतको भिडियोलाई एम टि एस प्रोडक्सनले निर्माण गरेका छन भने गीत संसार भ्लगको यूट्युब च्यानल  बाट रिलिज गरीएको छ। लन्डनमै खिचिएको यो  गीतको निर्देशन जि एस जोन्नीलेले गरेका छन  भने गीतको कला निर्देशन  प्रज्वल भट्टराईले गरेका छन।  

संसार भ्लगको मुख्य उद्देस्य बिदेशी र नेपाली सस्कृतीलाई समावेस गरि केही गरु भन्ने रहेको छ। त्यसैले संसार भ्लगले नेपाली नै बोल्न नजान्ने पन्जाबी  गेभी सिंहलाई  नेपाली गीत गाउन लगाएका हुन् ।

पन्जाबी गायक  गेभी सिंहले माफ गरिदेउ सरल ढंगमा राम्ररी गाएका छन्।  गीतले अहिले राम्रै प्रतिकृया पाईरहेको छ। 

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments