अपी हिमशृङ्खलामा छायांकन गरिएको म्युजिक भिडियो ‘आए म त ‘सार्वजनिक’

दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा पहिलो पटक छायाङ्कन गरिएको म्युजिक भिडियो ‘आए म त ‘सार्वजनिक भएको छ ।

मौसमका कारण धेरै एडभेन्चर शो हरुले समेत छायांकन गर्न नसकेको करिब ७,१३२ मिटर उचाई रहेको हिमालको बेस क्याम्पमा भिडियोको टिम पुर्याएर कलाकार एबम निर्देशक राजु भट्टले भिडियो सुटिङ गरेका हुन्। काठमाण्डौको बसन्तपुर देखि दार्चुलाको अपी हिमाल सम्मको दृश्यहरु समेटेर तयार पारिएको भिडियो निर्माण गर्न २ हप्ता लागेको गायक एबम निर्देशक भट्टले जानकारी दिनुभयो ।

धनगढीकी स्थानिय कलाकार बोन्दिता धामी र दार्चुला अपीका स्थानियको साथमा राजु भट्टको अभिनय रहेको भिडियोले नेपालको प्राकृतिक सौन्दर्यता र गाउको जनजीवनलाई एउटा दरिलो श्रव्य दृश्य मार्फत प्रस्तुत गरेको छ ।

२ युवाहरु सिनेमाटोग्राफर केशव पाण्डे र निर्देशक भट्टको एउटा अथक मेहनतबाट तयार भिडियो हेर्दा दार्चुलाको अपी क्षेत्र लगायत् समग्र नेपालको पर्यटनको छेत्रको लागि एउटा कोसे ढुंगाको काम गर्ने देखिन्छ।

संसारभर नै पछिल्ल्लो समय युवाहरुको रोजाईमा एडभेन्चर ,ट्रेकिंङ एबम ट्राभलिङ सम्बन्धीको फिल्म एबम कार्यकमहरु पर्ने गरेकोमा यस म्युजिकल फिल्मले नेपालको आन्तरिक एबम बाह्रय पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक ‘आए म त ‘ भिडियो मोबाइल एप्स मोमो एपमा समेत उपलब्ध छ । भिडियो समग्र दार्चुला जिल्ला र अपी गाउपालिकाको प्रचार प्रसार माध्यम बन्ने देखिन्छ।राजु भट्टको आफ्नै शब्द ,संगीत र मानश्वी मालाकारको एरेन्ज रहेको ‘आए म त ‘ गीतमा राजु र ममता गुरुङको स्वर रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments