करिना कपुर खानलाई फेरी पुत्र लाभ

बलिउड अभिनेत्री करिना कपुर खानलाई फेरी पुत्र लाभ भएको छ। आज बिहान उनले मुम्बइको ब्रिच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । भारतीय मिडियाका अनुसार, करिनालाई शनिबार बेलुकी अस्पताल भर्ना गरिएको थियो । करिना अस्पताल भर्ना हुनु भन्दा अगाडि पनि काममा नै व्यस्त थिइन् । उनले, एक विज्ञापनको छायांकन शनिबार नै गरेकी थिइन् ।

गर्भवती भएको समयमा पनि करिनाले विज्ञापन, चलचित्र र फोटोसुटको कामलाई रोकेकी थिइनन् ।सैफ र करिनाको बिहे सन् २०१२ को अक्टुबर १६ मा भएको थियो । सन् २०१६ को डिसेम्बर २० तारिखमा उनीहरुले पहिलो सन्तानको रुपमा तैमुरअली खानलाई जन्म दिएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments