प्रियंका कार्कीको चप चप डायरीजमाआशिरमान
लकडाउनको यो समयमा चलचित्र क्षेत्र ठप्प नै छ भने चलचित्र क्षेत्रका कलाकारहरु धेरै जसो यो लकडाउनको समय सामाजिक संजाल फेसबूक, ट्वीटर, इन्स्टाग्राम बाहेक अहिले यूट्यूबमा सक्रिय हून थालेका छन्। प्राय सबै कलाकारहरुले आफ्नो यूट्यूब च्यानल खोलिरहेका छन् । स्वस्तिमा खड्का, केकी अधिकारी, रिमा विश्वकर्मा, निता ढुंङ्गाना लगायत अन्य थूप्रै कलाकारहरु अहिले यूट्यूबमा सक्रिय हून थालेका छन् । त्यस्तै नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री प्रियंका कार्की पनि यूट्यूबमा सक्रियछिन् ।
हुनत प्रियंकाको यूट्यूब च्यानल आएको धेरै भइसकेको छ । प्रियंकाले आफ्नो वेब सिरिज जस्ट अनदर लभ स्टोरी पनि आफ्नै यूट्यूब च्यानलबाट प्रसारण गरिन् । लकडाउनमा प्रियंकाले आफ्नो यूट्यूब च्यानलबाट कूकिङ शो निकालेकि छिन्। चप चप डायरीज नाम गरेको उक्त कूकिङ शोमा प्रियंकाले विभिन्न परिकारहरु बनाउन सिकाउंछिन् । उनको यो सोले राम्रै प्रतिक्रिया पाइरहेको छ । अभिनेता आयूष्मान् देशराज र प्रियंकाले खाना पकाउदै गरेको भिडियो बनाउछन् । प्रियंकाको चप चप डायरीजको नयाँ इपिसोडमा प्रियंकाका देवर आशिरमान देशराज जोशी अतिथि बनेर आएका छन् ।

आशिरमान र प्रियंकाले परिकार बनाउनूका साथै QNA सेसन पनि गरेका छन् । प्रियंकाले आशिरमानलाई केहि रोचक प्रश्नहरु सोधेर रमाइलो QNA सेसन गरेकी छिन् । लकडाउनको समयमा प्रियंका आफ्नो परिवारसंग रमाइलो समय बिताइरहेकी छिन् ।