एसियन म्युजिकले ल्यायो गीतकार सन वाङको ‘आँसुको मूल्य ‘ ( भिडियो )

पछिल्लो समय नेपाली गीतसंगीतको वितरणमा पनि डिजिटल मार्केटले धेरै नै फड्को मारेको छ । यही अघि बढिरहेको डिजिटल प्लेटफर्म र डिजिटल मार्केट मार्फत गीत संगीत र वेब सिरिज निर्माण र बजारीकरणमा बिगत देखि नै लागिरहेको एसियन म्युजिकले सोमबार मात्रै ‘आँसुको मूल्य ‘ गीत सार्वजनिक गरेको छ।

लोकप्रिय गायक जितेन लेप्चाको स्वर ,संगीत र सन वाङ योल्मोको शब्द रहेको गीतमा संजीव बराइलीको एरेन्ज रहेको छ । कविता नेपाली ,सन वाङ योल्मो र प्रज्वल जंग कार्कीको अभिनय रहेको भिडियोलाई एसिएन म्युजिकको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

युवा पुस्ताको लभ,रोमान्स र धोकालाई देखाउन खोजिएको भिडियोलाइ बिभोर पोखरेलले निर्देशन गरेका हुन् । भिडियोमा मिलन शंकरको सिनेमाटोग्राफी र नहकुल खड्काको सम्पादन रहेको छ । गीतलाई सबै डिजिटल प्लेटफर्म मार्फत पनि सुन्न सकिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments