सारुक प्रकरण: नम्रताको काला जादु,मसानघाटमा बोका काटेर बुटी बाँधेको खुलासा

अभिनेता सारुक ताम्राकरको रहस्यमय मृत्‍युले अहिले धेरै नै प्रश्न उठाएको छ। सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित निजी निवासमा मृत भेटिएका थिए। असार २१ गते बेलुकी उन्का बुबा-आमा एक पार्टीमा गएका थिए । सारुकले आफू पनि पार्टीमा आउने जानकारी गराएका थिए । तर, उनी पार्टीमा गएनन् । उनका बुबा-आमा घर फर्किएपछि सारुकलाई मृत अवस्थामा देखेका थिए । सारुकले आत्महत्याको बाटो लिए पनि उनले के कारणले आत्महत्या गरे भन्ने कुरा अझै रहस्यमय बनेको छ। । फिल्म क्षेत्रमा सारुक सालीन स्वभाव भएका अभिनेताका रुपमा चिनिन्थे ।

सारुकलाई नजिकबाट चिन्नेका अनुसार उनी मानसिक रुपमा समेत पूर्ण रुपमा फिट थिए । यो घटनामा अहिले अभिनेत्री नम्रता श्रेष्ठको नाम बारम्बार आईरहेको छ। नम्रता र सारुक प्रेम सम्बन्धमा थिए। यो घटनामा अहिले अभिनेत्री नम्रता श्रेष्ठको नाम बारम्बार आईरहेको छ। नम्रता र सारुक प्रेम सम्बन्धमा थिए। नम्रता र सारुक पछीलो समय फिल्म ह्यास्ट्याग मायाको शूटिङमा व्यस्त थिए । शूटिङमा पनि उनिहरुको राम्रो सम्बन्ध नै थियो तर एकदिन उनिहरु बिच खट्पट भयो। फिल्मका निर्देशक राजिव गुरुङले एक सिनको छायांकनपछि अभिनेत्री नम्रता श्रेष्ठले सारुकलाई एउटा कोठामा गाली गरेको बताएका छन् ।

शनिबार न्यूज फिल्मी युट्युब च्यानलसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘रेप सिनको ‘वाइल्ड’ सटपछि नम्रताजी र सारुक भाई एउटा कोठाभित्र जानुभयो र लक गर्नुभयो । हामी नम्रताजीलाई कुरिराखेका थियौं । किनकि, अर्को सट नम्रता र रोयदीप श्रेष्ठको थियो । त्यतिक्कैमा नम्रताजी कराएको सुनौं ।

नम्रताजीले सारुक भाईलाई कराउनुभएको थियो । सारुकले चाहिँ बोलेको सुनेनौं ।’ केहीछिनमा निर्देशक गुरुङले सारुकलाई बार्दलीमा टोलाइरहेको देखेका थिए । नम्रता र रोयदीपको सिन भने उनले मोनिटरअघि टोलाउँदै हेरेको राजिब गुरुङले न्युज फिल्मीको अन्तर्वातामा बताएका छन।

यो फिल्म छायांकन हुनुअघि नै उनी र अभिनेत्री नम्रता श्रेष्ठले दोलालघाटमा राती मसान जगाएर बुटी लगाइएको नयाँ तथ्य सार्वजनिक भएको छ ।  त्यसदिन पाँच सदस्यसहितको टोली दोलालघाट पुगेको थियो । उनीहरु दोलालघाटमा मध्यरातमा २० केजीको कालो बोका काटेर बुटी लगाएका थिए भन्ने खुलासा स्रोतले गरेको छ ।

उक्त टोलीमा साथमै रहेका गाडी चालकलाई बीचबाटैबाट फर्काइएको र फिल्मका निर्देशक  राजीव गुरुङलाई दोलालघाटस्थितकै एक होटलमा बस्नु भनिएको र नम्रता, सारुक, योगा गरु, नम्रताकी दिदी र एक पुजारीका साथ मसानघाट गएका थिए ।

पुजारीले फिल्म ‘ह्यासट्याग माया’का निर्देशकलाई ‘तपाईं पहिलोपटक मसानघाट जानुहुँदैछ । तपाईंलाई डर लाग्नसक्छ । तपाईं होटलमै बस्नुहोस् । हामी पुजा सकेर आउँछौं’ भनेका थिए । उक्त पुजामा सारुक र नम्रताले बुटिक बाँधेका थिए भने उनीहरुले साथमै ल्याएको बुटी निर्देशकलाई पनि बाँध्न दिएका थिए । 

साथै काटिएको बोकाको मासु होटलमा ल्याई छ जना सदस्यले त्यस रातै मिलेर खाएको स्रोतले बतायो । यो कुरालाई सारुकका बाबु सानु ताम्राकारले पनि पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘मेरो छोराले कहिल्यै कुनै धातु लगाउदैन थियो ।

तर पछिल्लो समय कालो डोरीले बाँधिएको चाँदीजस्तो सेतो धातुको वस्तु आफ्नो घाटीमा लगाएको देखेंको थिएँ ।’  त्यस कुरालाई उनले आत्महत्या गरेको दिनमा जोड्दा उनले आत्महत्या गर्नुअघि उक्त धातु झ्यालको छेउमा राखेका थिए । 

यस घटनामा प्रहरीले सारुकको मोबाइल केन्द्रीत अनुसन्धान मात्र गरिरहेको छ । यी कुराहरुको विषयमा अध्ययन भने प्रहरीलाई ठोस प्रमाण र पारिवारिक उजुरी नपरेकोले थप अनुसन्धानतिर अगाडि बढ्न समस्या उत्पन्न भइरहेको छ ।कलाकार र फ्यान्सहरुले सारुकको घटनाको उचित छानबिन होस् भनेर माग गरिरहेका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments