शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक(भिडियाे)

गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । गायक जङ्गकैै रचना तथा सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन मञ्जिलविक्रम केसीले गरेका छन्। गीत फोरक्युब इन्टरटेन्मेन्टबाट निर्माण गरिएको हो । गीतको भिडियो डिएआर मुभीको अधिकृत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

घरायसी तथा व्यावहारिक समस्याले बाध्यतावश वैदेशिक रोजगारीका लागि विदेशिनुपर्दा आफ्ना श्रीमती तथा परिवारलाई सम्झाइबुझाइ गरी मनमा पीडा बोकेर हिँड्नुपरेको कथाव्यथा समेटेर गीतको भिडियो तयार पारिएको छ। भिडियोमा सन्दीप श्रेष्ठ र अनु थापा मगरको अभिनय छ । गीतको छायाङ्कन ज्ञान चौलागाईंँले तथा भिडियो निर्देशन र सम्पादन नवीन भट्टले गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments