“डान्सिङ विथ दि स्टार्स नेपाल” को प्रसारण असोज २ बाट

विश्वकै चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार’को नेपाली संकरणको प्रशारण असोजको २ गतेबाट हिमालय टेलिभिजन बाट हुने भएको छ । लकडाउन अगाडि नै यो शोको घोषणा गरिएको थियो तर, कोरोना महामरीका कारण यो शोको छायांकन सुरु हुन सकेको थिएन ।

२६ श्रृङखलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक एक जना व्यवसायिक डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिनेछन् । दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट बाहिरनेछन् । ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ पहिलो सिजनमा, पहिलो नेपाल आइडल बिजेता बुद्ध लामा, लोक गायिका ज्योति मगर ,फुलन्देकी आमाको रुपमा चर्चित हाँस्य कलाकार उमेश राई, पूर्व फुटबल कप्तान हरि खड्का, हाँस्य श्रृङ्खलाकी अभिनेत्री एवं मोडल रक्षा श्रेष्ठ, नायिका सुमी मोक्तान, ब्लाइन्ड रक्स गायिका सृष्टि केसी, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, टिकटक ट्वीन स्टार दीपा–दमयन्ता ,बाल नृत्य कलाकार देबयान्सी बैदबार र  मधेसकी सफल कलाकार पूजा ठाकुर प्रतिस्पर्धीका रुपमा सहभागी छन् ।बिजेताले कुल २० लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन् । लकडाउनका कारण घरमै रहेका दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेदेखि यो शो हिमालय टेलिभिजन बाट प्रशारण हुने भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments