वर्षा राउतको प्रश्न “कसले सुन्ने हाम्रो चीत्कार”?

दैनिक बलात्कारको घटना बढेपछि अभिनेत्री नायिका वर्षा राउतले नारीलाई सम्मान कहाँ छ भन्दै प्रश्न उठाएकी छिन् । उनले नारी अधिकारका लागि कानुन छ तर कागजमा मात्र सिमित छ । कानुन मन्त्री र न्यायमुर्ती पनि नारीहरु नै हुनुहुन्छ तर मौन भएको उल्लेख गरेकी छिन् ।

वर्षा राउत लेख्छिन् : “म एक नारी हुँ ! एक नेपाली नारी ! धेरै अघि देखिको राजनीतिक संघर्षबाट प्राप्त नेपालको संबिधानले हामी नेपाली नारीहरूलाई सम्मानित, सुरक्षित र सामान अवशरका साथ बाच्न पाउने व्यवस्थाको लाभ उठाईरहेको नारी ! यस्तो संबैधानिक व्यवस्था ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद ! तर, कती दिन धन्यवाद भनिरहने ? नारी अधिकारका लागी कानुन छ तर कागजमा मात्र सीमित, कानुन मन्त्री र न्याय मुर्ती पनी नारी नै हनुहून्छ तर मौन ! नेपाली कानुनले आँखा मात्र होईन कान र मुखमा पनी पट्टी बाँधे झैं भान भैरहरको छ ! भरखरै जन्मेको शिशु देखी ८० बर्षे बृद्धा सम्म बलत्कृत, बाउ द्वारा छोरी बलत्कृत, बालक बलत्कृत बालिका बलत्कृत, हिमाल, पहाड, तराई, गाउँ, सहर, वन, जंगल, गल्ली, कार्यालय सबै तीर बलात्कार !खै कहाँ छ नारीलाई सम्मान ?खै कहाँ छ नारीलाई सुरक्षा ? खै कहाँ छ नारीकालागी कानुन ? नारीका रक्तपिपासुहरू खुलेआम कानुनको कार्पेटमा पिसाब गर्दै गर्वसाथ पुरुषार्थ प्रदर्शन गरिरहेका छन ! कानुनको परिपालना गर्ने निकायका जिम्मेवार माननीयहरू बलत्कारको संख्या गन्दै सफलता आंकलन गर्नमा व्यस्त हनुहून्छ, अनी अधिकार सम्पन्न हामी नेपाली नारी निरीह बलत्कृत भैरहेका छौं ! कसले सुन्ने हाम्रो चीत्कार ? कसले मेटाउने हाम्रो त्रास ? कसले दिने हामिलाई सुरक्षा अनी न्याय ?”

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments