कोरोना मुक्त भईन ऋचा शर्मा

एकपछि अर्का फिल्मकर्मी कोरोना संक्रमित भइरहेको अवस्थामा अभिनेत्री ऋचा शर्मालाई पनि तीन हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । तीन हप्ता सेल्फ क्वारेन्टिनमा बसेपछि उनले कोरोनालाई जितेकी छन् । गएको मंगलवार गराएको पिसिआर परीक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । उनले फेसबुकमार्फत् आफू कोरोनामुक्त भएको जनाएकी छन् ।

आफूले कोरोना जितेको खुसी साट्दै उनले लेखेकी छन्, ‘विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटूट सत्य हो र यसबाट सकेसम्म आफु र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व। भनिन्छ की पढेर जानिन्छ की परेर। यस भयावह अवस्था बिच म पनि कोरोना बाट संक्रमित हुन पुगे। पछिल्लो तीन हप्ता देखि सेल्फ क्वारेंटीनमा बसी अब सम्पूर्ण रुपमा स्वथ्य भएको छु कोरोनाको बारे हामीलाई अझै स्मपुर्ण ज्ञान नभएको, नयाँ फाइंडिंगहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलीदा आफु तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु। कोरोना जित्न मैले के गरे, खानपान्, जिवन शैली बारे छिटै यहाँहरु लाई जानकारी गराउने छु । यो बिच म सम्पूर्ण अग्रपंक्तिमाँ रहेर हामीलाई सेवा पुर्याउनुहुने समपूर्णलाई नमन गर्दछु।सतर्क रहनुस, स्वस्थ रहनुस।’

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments