केकी ,सुधिर र मुन्नी फिचर्ड गीतकार पुनम मोथेको ‘पहिलो माया’ सार्वजनिक (भिडियो)

नायिका केकी अधिकारी , सुधिर श्रेष्ठ र प्रियाना आचर्य अभिनित गीतकार पुनम मोथेको ‘पहिलो माया’ गीतको म्युजिक भिडियो रिलिज भएको छ । प्रेम कथामा आधारित गीतमा शंकर थापा ‘स्माइल’को संगीत, लोकप्रिय गायिका रचना रिमालको स्वर र उदयराज पौडेलको एरेन्ज रहेको छ।

गीतको भिडियोलाई गीतकार पुनम मोथेले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन। निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी , विकाश धमलाको सम्पादन रहेको छ ।कोरना कहर बीच पनि नेपाली सांगीतिक छेत्रमा निरन्तर लागिरहनु भएकी गीतकार मोथेको यसअघिका ‘झुठो रैछ तिम्रो माया’ र ‘सयौं जुनी’ पनि रुचाइएका गीतहरु हुन।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments