पल शाह कोरोना संक्रमितलाई निःशुल्क अक्सिजन वितरण गर्दै

अभिनेता पल शाहले कोरोना संक्रमितका लागि निःशुल्क अक्सिजन ग्यास वितरण गर्ने भएका छन् । उनले पछिल्लो सयम कोरोना संक्रमण बढेका कारण अक्सिजनका सिलिन्डर वितरण गर्ने भएका हुन् ।

पलले जताततै समाचारमा अक्सिजन अभाव भएको खबर आएपछि अक्सिजनको प्रवन्ध मिलाउन लागि परेका छन् ।पलका अनुसार अहिले अक्सिजनका सिलिन्डर संकलनको काम गरिरहेका छन् । केही दिनमै निःशुल्क कोरोना संक्रमितका लागि अस्पताललाई हस्तान्तरण गर्ने उनको योजना छ ।

पलले ‘हाम्रो टिम नेपाल’ सँगको सहकार्यमा आर्थिक अभावका कारण अस्पतालमा छट्पटाइरहेका कोरोना संक्रमितका लागि अक्सिजन सहयोग गर्न लागेका हुन् । गत वर्ष लकडाउनको समयमा पलले समस्या परेका प्राविधिकहरुलाई ५ लाख बराबरको खाद्यन्न सहयोग गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments