चर्चित गायक कुमार सानुलाई कोरोना संक्रमण

भारतीय चर्चित गायक कुमार सानुलाई कोरोना संक्रमण भएको छ । ६२ बर्षिय गायक सानुलाई कोरोना पोजेटिभ देखिएको उनी आफैले जानकारी दिएका छन् । मिडियाका अनुसार सानु संक्रमित भएपछि मुम्बईस्थित उनको घर सिल गरिएको छ ।

कुमार सानु अमेरिका जाने तयारी मा थिए। कोरोना संक्रमण भएपछी उनी अमेरिका जाने कार्यक्रम स्थगित भएको छ। सानुकी पत्नी र दुई छोरी अहिले अमेरिकामा रहेका छन् ।

कोरोना संक्रमित हुने बलिवुड सेलिब्रेटीमा सानु पछिल्लो सेलिब्रेटी हुन् । यस अघि अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, कनिका कपुर अर्जुन कपुर, मलाइका अरोरा लगायतले कोरोना जितेर काममा फर्किसकेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments