सुश्मा कार्की, उत्सव रसाईली र श्वेता खड्काकी बहिनी बिचको विवाद अन्त्य

काठमाण्डौको लण्डन पबमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै नायिका सुष्मा कार्कीले मंगलबार महानगरिय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिएकी थिइन् । आफूलाई रंग पत्रकार उत्सव रसाइलीले गालीगलौज गरेको र नायिका स्वेता खड्काकी बहिनी आरती खड्काले कुटपिट गरेको भन्दै सुष्माले उजुरी दिएकी थिइन् ।

वुधबार दिनभर प्रहरी वृत्तमा भएको छलफलपछि यो विवाद सहमतीमा टुंगिएको छ । नायिका सुष्मा कार्कीसँग रंग पत्रकार उत्सव रसाइली र आरतीले माफी मागेपछि विवाद सकिएको हो । नायिका सुष्मा कार्कीलाई आरतीले कुटपिट गरेकी थिइन् । उत्सवले आफूमाथि गालीगलौज गरेको आरोप सुष्माको थियो ।

सुष्माले उपस्थित मिडियाकर्मीसँग भनिन्–‘मान्छेबाट गल्ती हुन्छ, उहाँले स्विकार गरिसकेपछि मैले उहाँलाई माफी दिएकी छु ।’

उत्सवले केही कुरामा असमझदारी भएको भन्दै नहुने पर्ने घटना भएको भन्दै माफी मागे । उनले, आगामी दिनमा यस्ता खालका विवाद, भनाभन हुने छैन भन्ने सहमती पनि भएको बताए । एक अर्काको आत्मालाई सम्मान गरेर अगाडि बढ्ने सहमती भएको उनको भनाई छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments