ह्यापी बर्थडे धीरज मगर!!

नेपाली चलचित्र क्षेत्रका हान्ड्सम हन्क धीरज मगरको जन्म वि. सं. २०५२ भाद्र २५ गते नेपालको रुकुम जिल्लामा भएको हो। उनी २ वर्षको हुँदा नै परिवारसँग लन्डन गएका थिए। उन्ले लन्डनको राइड्वे स्कुलबाट कक्षा १० सम्मको अध्ययन गरे। उन्ले किङ्स्टन युनिभर्सिटीबाट बाच्लर्स डिग्री पुरा गरे | सानै देखी नै धीरजलाई अभिनयमा रुची थियो।

उनी एक सफल युटुबर पनि हुन। उन्ले आफ्नो करीरको सुरुवात युटुबबाट नै गरेका थिए | उन्को युटुब च्यानलमा २ लाख भन्दा बढी सब्सक्राईबर रहेको छ। उन्ले भ्लोग्स र कभर गीतहरु हाल्ने गर्थे। अन्तरराष्ट्रिय जगतमा समेत उन्को युटुबको फ्यानस रहेको छ। कोरेओग्राफर तथा निर्देशक रेनशा बनतवा राईले1 धीरज लाई लन्डनको एउटा शोमा देखिकी थिन। रेनशालाई धीरज राम्रो लाग्यो अनी उन्ले धीरजलाई आफ्नो चलचित्र ईन्तु मिन्तु लन्डनमाको लागि अफर गरिन। तेस्पछी सुरु भयो धीरजको फिल्मी यात्रा फिल्म ईन्तु मिन्तु लन्डनमा बाट।

ईन्तु मिन्तु लन्डनमा धीरज र साम्रागीको जोडी दर्शकले रुचाए । फिल्मले राम्रो नै सफलत पायो र धीरज को क्रेज अनी फ्यानस बध्यो। ईन्तु मिन्तु लन्डनमा पछी धीरज लन्डनमा नै आफ्नो पढाईमा बेस्त भए | अभिनयमा बाहेक धीरजलाई घुमघाम अनी भ्लोग्गिङमा रुची रहेको छ। धीरजको अब जसिता  गुरुङसँग फिल्म आई एम ०२१ आउने क्रममा छ। अहिले कोरोना  कहरले गर्दा यो फिल्मको काम सुरु हुन सकेको छैन।

केवल एउटा फिल्मबाट नै दर्शकको मनमा बस्न सफल धीरज मगरले आज आफ्नो २५ औ जन्मदिन मनाउदै छन। धीरज मगरलाई जन्मदिनको धेरै धेरै शुभकामना छ। धीरजको अझै धेरै प्रगती होश हाम्रो शुभकामना छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments