हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण
वरिष्ठ अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।उनले फेसबुकमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । हरिवंश आचार्यले दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन।
हरिवंश आचार्य लेख्छन : “सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पि.सि.आर टेस्ट गरेका थियौं । हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो। हाम्रो स्वास्थ्य अवस्था सामान्य छ ।हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला।
यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं। कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं।”
