काजल अग्रवाल गौतम किचलुसँग विवाह बन्धनमा बाँधिईन

बलिउड तथा दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवाल उद्यमी गौतम किचलुसँग विवाह बन्धनमा बाँधिएकी छिन् । यी दुईले मुम्बईको होटल ताज महलमा शुक्रवार बिहे गरेका हुन् ।

काजल र गौतमको पहिलो तस्वीर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ भने यो जोडीलाई फ्यानले बधाई दिएका छन् । यसअघि बिहीवार काजलले मेहन्दी सेरेमनीका केही तस्वीर शेयर गरेकी थिइन् । जसमा काजल नृत्य गर्दै रमाइलो गरिरहेकी थिइन् ।

कोरोना भाइरस महामारीका कारण उनीहरुको बिहेमा धेरै व्यक्ति उपस्थित भएका थिएनन् ।परिवार र नजिकका साथीहरू मात्र विवाहमा उपस्थित भएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments