केन्द्रमोसनको सम्झौतामा पल र मलिका

अभिनेता पल शाह र अभिनेत्री मलिका महतको जोडीलाई दर्शकले दुईवटा म्युजिक भिडीयोमा साथ देखे।  ‘फुलबुट्टे सारी’ र ‘टाढा भएपनि’ दुई भिडियोमा साथ देखिएको यो जोडीलाई दर्शकले अत्याधिक प्रेम दर्शाए। दुवैलाई ‘पीएम’ जोडीको उपमा पनि दिईयो।

केन्द्रमोसन पिक्चर्सले दुवैलाई लिएर चलचित्र निर्माणको तयारी पनि सुरु गरेको छ। यो समाचार केहि समय अगाडी नै बाहिरिएको हो।  तर यो बीचमा केन्द्रमोसन पिक्चर्सले पल र मलिकासंग सात महिने सम्झौता गरेको छ।

सम्झौतामा पल र मलिकाले ६ महिनासम्म साथमा केन्द्रमोसन पिक्चर्ससंग मात्र म्युजिक भिडियो गर्न पाउने उल्लेख रहेको बुझिएको छ।  पल र मलिकासंग १० ओटा म्युजिक भिडियो गर्ने तयारीमा केन्द्रमोसन रहेको छ। दुवैले अलगअलग रुपमा भिडियोमा काम गर्न पाउनेछन्। तर साथमा भने केन्द्रमोसन संग मात्र काम गर्न पाउनेछन्।  

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments