रिलिज संगै लोकप्रिय बन्दै डि.पी खनालको ‘सुनन स्विटहार्ट’ ( भिडियो )

चर्चित गीतकार डि.पी खनालको शब्द, संगीत अनि स्वरमा सजिएको ‘सुनन स्विटहार्ट’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा खनाल संगै गायिका समिक्षा बस्नेतको मीठो स्वर रहेको छ । गीतकारको रुपमा ख्याती कमाईसकेका डि.पी खनालको शब्द,संगीतमा तयार भएको गीतमा बिश्व अधिकारीको संगीत संयोजन रहेको छ भने गीतलाई ओपल रेकर्डिङ स्टुडियोमा बिप्लव अधिकारीले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गर्नुभएको छ ।

टिकटक स्टार साथै गायिका समिक्षा बस्नेतको अफिसियल युट्युब च्यानल समिक्षा बस्नेतबाट सार्वजनिक भएको गीतको भिडियोमा बिशाल रेग्मी, समिक्षा बस्नेत र कुमार पाण्डेको अभिनय देख्न सकिन्छ । सुब्रतराज आचार्यको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments