जन्मदिन विषेश : प्रकाश सपुत
नेपाली संगीतिक क्षेत्रको एक लोकप्रिय नाम हो प्रकाश सपुत। प्रकाश सपुत को जन्म वि .सं. २०४७ साल भाद्र २९ गते बाग्लुङको धम्जा गाउपालिकामा भएको हो। उनी कक्षा ३ सम्म बुटवलको तामनगरम्मा आफ्नो मामाघरमा बसे। कक्षा ३ पछी उनी बाग्लुङ नै फर्के। बाग्लुङको जनता स्कुलमा उन्ले कक्षा ५ सम्म अध्यन्न गरे । तेस्पछी कक्षा ६ देखी १० सम्मको अध्यन्न बागलुङकै अर्कै स्कुलबाट गरे।

मध्यम बर्गिय परिवारमा हुर्किएका प्रकाश सपुत बल बहादुर विश्वकर्मा अनी बिना कुमारी विश्वकर्माका जेठो छोरा हुन। प्रकाश सपुत सानैदेखी संगीतमा रुची राख्थे। उनी घरमा काम गर्दा गर्दै गीत गुनगुनाउने गर्थे। उनी आफ्नो स्कुलको विभिन्न संगीतिक कार्यक्रममा भाग लिने गर्थे। बाग्लुङको गाउमा उन्का हजुरबुवा गीत गाउँए गर्थे र उन्ले हजुरबुवासँग धेरै कुरा सिके। एस.एल.सी पछी वि.सं. २०६३ सालमा उनी +२ पढ्नका लागि बाग्लुङ बजारमा बस्न आए। सोही क्रममा उनले धौलागिरी एफ.एम मा रेडियो प्रस्तोताको प्रशिक्षण लिए। उनी विभिन्न महोत्सवहरुमा पनि गीत गाउने गर्थे।

+२ सकाएर उच्च शिक्षाको लागि उनी पोखरा आए। पोखरामा उन्ले गण्डकी माछापुछ्रे तारामा भाग लिए। सो प्रतियोगितामा उनी चौथौ भए। सोही प्रतियोगिता पछी प्रकाशले आफ्नो संगीतिक यात्रालाई अगाडि बढाए। वि.सं. २०६७ सालमा उन्ले अर्को संगीतिक प्रतियोगिता नेपाल लोक दोहोरी साँझमा प्रतिस्पर्धा गरे। आफ्नो संगीतिक यात्रालाई अझ अगाडि बढाउन उनी नेपालको राजधानी काठमाडौं आए।

काठमाडौंमा उन्ले धेरै नै मेहनत र परिश्रम गर्न पर्यो। उन्ले काठमाडौंमा होटेलमा काम गरे। होटेलमा काम गर्दा गर्दै उन्ले दोहोरी साँझमा गाउने मौका पाए। उनी नयाँ भएको हुनाले दोहोरी साँझमा उन्लाई राम्रो सँग व्यवहार गर्दैन थियो। राम्रो अवसरको खोजीमा उनी काठमाडौं शहरको हरेक रेकरडिङ स्टुडियो धाउने गर्थे। सोही क्रममा उन्ले ठमेलको लेख बेसी दोहोरी साँझमा काम पाए। । त्यहा उन्को गीतको तरिफ हुने गर्यो। केही समय पस्चात उन्ले दीप सगर थापासँग सहकार्य गरेर म्युजिक अल्बम निकाले। उन्को मुसु मुसु नहास मायाले बोलको गीत धेरै नै रुचाईयो।

तेस्पछी सुरु भयो प्रकाश सपुतको अतुत संगीतिक यात्रा। प्रकाश सपुतको गीतहरु एक पछी अर्को गर्दै हिट हुन थाले। लोक दोहोरी क्षेत्रमा उन्को ठुलो पहिचान बन्न पुग्यो। लोक दोहोरी जगतमा उन्ले फरक किसिमको दोहोरी बाटल निकले जुन सबैले रुचाए पनि। बोल माया , गल्बन्दी बाट उनी सबैको मनमा बस्न सफल भए। लोक दोहोरी नसुन्नेहरु पनि गलबन्दीमा नाच्न पछी परेनन। गल्बन्दी सबैको मुख मुख मै झुन्दियो। गलबन्दीले तहलका नै मचायो।

उन्ले प्राय सबै आफ्नो गीतहरुमा आँफैले गीत लेख्ने, संगीत दिने , निर्देशन गर्ने र गाउने गर्छन्। उन्कै शब्द, संगीत, निर्देशन अनी देवी घरतीको स्वरमा रहेको बदला बरिलैले पनि राम्रो प्रतिकृया पायो। उन्लाई जिन्दगीको हरेक साथमा साथ दिने व्यक्ती हुन हुन्का जीवन साथी बिन्दु बोहोरा। प्रकाश सपुत र बिन्दु बोहोराले अहिले सुखी दाम्पत्य जीवन बिताईरहेका छन। सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायक प्रकाश सपुतले आज आफ्नो ३०औ जन्मदिन मनाउदै छन। प्रकाश सपुतलाई हाम्रो टर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना। प्रकाश सपुतको संगीतिक यात्रा यसरी नै अगाडि बढी रहोश हाम्रो शुभकामना छ।