मनिषा कोइरालाले गरिन अस्पताललाई भेन्टिलेटर सहयोग

अभिनेत्री मनिषा कोइरालाले विरगञ्जको नारायणी अस्पतालाई विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएकी छिन् । कोरोनाका संक्रमितहरुलाई अक्सिन, भेन्टिलेटर लगायको अभाब भएको खबर सार्वजनिक भैरहेको समयमा कलाकारहरु पनि सहयोगमा जुटेका छन् ।

यही क्रममा मनिषाले ४ थान भेन्टिलेटर, सय थान पीपीई, फेस सिल्ड र मास्क प्रदान गरेकी हुन् । मनिषाले यो जोखिमको समयमा भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएको भन्दै अस्पताल प्रशासनले उनलाई धन्यवाद दिएको छ ।

मनिषा कोइरालाले कोरोनाबाट प्रभावित नेपालीहरुको सहयोगमा आफू सधै नै तत्पर रहने उल्लेख गरेकी छिन् । नेपालका केही कलाकारहरु दोश्रो चरणको कोरोना लहरपछि सक्रिय रुपमा सहयोगमा जुटिरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments