पल र साम्राज्ञी ‘रेड वाइन’ मा श्रीमान्-श्रीमती
अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी आरएल शाहले पहिलो पटक स्क्रिन शेयर गर्दैछन् । निर्माता रमेश एमके पौडेलले निर्देशन गर्न लागेको फिल्म ‘रेड वाइन’ मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । गएको महिना उनीहरुले यो फिल्म साइन गरेका थिए ।
रमेश एमके पौडेलले फिल्मले अमेरिकामा संघर्ष गरिरहेको एक टिनएज विवाहित जोडीको कथा पेश गर्ने बताए । उनका अनुसार, पल र साम्राज्ञी फिल्ममा श्रीमान्-श्रीमतीको रुपमा प्रस्तुत हुनेछन् । प्रेमकथामा आधारित भएर निर्माण हुने फिल्मको एक गीत मुम्बईमा रेकर्ड गर्ने तयारी भइरहेको पौडेलले जानकारी दिए ।
फिल्ममा पल र साम्राज्ञीका अलावा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्दै आएकी इमिली लामाको पनि अभिनय रहनेछ । सविर श्रेष्ठले फिल्मको पटकथा तथा संवाद तयार पारिसकेका छन्। ‘राज्जा रानी र रुद्रप्रिया’ को निर्माण गरिसकेका रमेश एमके पौडेलले पहिलो पटक फिल्म निर्देशनमा हात हाल्न लागेका हुन्।